धुलिखेल– काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले शुरु गरेको आमरण अनशन प्रति वागतमी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रत्न प्रसाद ढकालले एक्यबद्धता जाहेर गरेका छन् । धुलिखेल खावा पाँचखाल सडक खण्डको निर्माण कार्यमा ढिलासुस्त गरेको भन्दै प्रमुख गौतमले आमरण अनशन शूरु गरेपछि सांसद ढकालले अनशन स्थलमै पुगेर एक्यबद्धता जाहेर गरेका हुन् ।

एक जनप्रतिनिधिका हिसाबले सन्देश र चुनौती समेत दिने उद्देश्यले शुरु गरेको आमरण अनशन प्रति एक्यबद्धता जनाउँदै ढकालले छिटोभन्दा छिटो निर्माण व्यवसायी, पूर्वाधार कार्यालय, सरकारको समेत ध्यानाकर्षण गराएर छिटो काम अगाडी बढाउने र अनशनलाई समेत छिटो टुंग्याउन आवश्यक पहल र समन्वयको भूमिका आवश्यक पहल र समन्वयको भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका छन् ।

उनले आफ्नो एक्यबद्धता जनाउदै भनेका छन्, ‘२०७८ सालमा गौरी पार्वती निर्माण क ले शुरु गरेको धुलिखेल खावा खण्डको निर्माण प्रक्रिया २२ महिना पुग्दासम्म उल्लेखनीय प्रगति हुन नसकेको मात्र होइन, निर्माण कम्पनीको चरम लापरवाहीका कारण सडक अलपत्र, धुलाम्मे, खाल्डा, खल्डीका कारण दर्जनौ दुर्घट्नाहरु समेत भएकाले जिल्ला समन्वय समितिको तर्फबाट पटक पटक अनुगमन, खवरदारी समन्वय र निर्देशन समेत हुँदा समेत वेवास्ता गरी कामकाज ठप्पप्राय भएकोले दवाव स्वरुप काम अबिलम्ब अगाडि बढाउन सम्बन्धित पक्षहरुलाई ध्यानाकर्षण गराउन काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम आजबाट आमरण अनशन बस्नु भएको छ । उहाँको एक जनप्रतिनिधिका हिसाबले सन्देश र चुनौती समेत दिने उद्देश्यले शुरु गरेको आमरण अनशन प्रति एक्यबद्धता जनाउँदै छिटोभन्दा छिटो निर्माण व्यवसायी, पूर्वाधार कार्यालय, सरकारको समेत ध्यानाकर्षण गराएर छिटो काम अगडाी बडाउने र अनशनलाई समेत छिटो टुंग्याउन आवश्यक पहल र समन्वयको भूमिका आवश्यक पहल र समन्वयको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला