तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले आगामी चैत्र १५ गतेभित्र योजना संझौता गर्न अनुरोध गरेको छ । प्मुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयको सम्बन्धमा यस तेमाल गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को गाउँसभाबाट स्विकृत वार्षिक योजना तथा कार्यक्रमहरु यथाशिघ्र सञ्चालन तथा कार्यन्वयन गर्नु पर्ने भएको हुनाले मितिः २०८०।१२।१५ गते भित्रमा योजना तथा कार्यक्रमहरु सम्झौता गर्नु हुन सम्बन्धित सबै सरोकारवालाहरुलाई जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । तोकिएको समय भित्र सम्झौता गर्न नआएमा कार्यालय सम्झौता गर्न बाध्य हुने छैन।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।