धुलिखेल- काभ्रेका नवनियुक्त प्रहरी प्रमुख एसपी बशुन्धरा खड्काले पत्रकारहरु सम्मेलन गरी आफ्नो कामकाे प्राथमिकताहरु सार्वजनिक गरेका छन् । आज आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा कुनै पनि सझौता नहुने बताएका छन् ।
त्यस्तै एसपी खड्काले शान्ति सुरक्षा कायम गर्ने र अमनचयन स्थापना गर्ने, आर्थिक, सामाजिक र साइबर अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
खड्काले जिल्लामा रहेका तस्करी र गुडागर्दी एवं अपराधिक गतिविधिमा संलग्न व्यक्ति र फरार अभियुक्तलाई पक्राउ गर्नुका साथैे चोरी तस्करी, लगायतका अपराधिक गतिविधि नियन्त्रण गर्न शून्य सहनशिलतामा बसेर आफू काम गर्ने प्रतिबद्धता रहेको जानकारी दिए ।
आफू कुनै नयाँ नारा नदिई नेपाल प्रहरीले निर्धारण गरेको ‘सत्य सेवा सुरक्षणमलाई नै मुल नारा मानी त्यसकै भित्र रहेर आम नागरिकलाई भयमुक्त वातावारण रहन प्रहरी अहोरात्री खटेर शान्ति सुरक्षाको प्रत्याभुती गराउने आफ्नाे र संगठनको चाहान रहेको उनले बताए ।
जनताको साथ र सहयोग नभई प्रहरी अगाडि बढ्न नकिने जिकिर गदै आम काभ्रे बासीले प्रहरीलाई समयमा नै सुचना दिई जिल्लाको बारेमा सधैव प्रहरीलाई सहयोग गर्ने समेत एसपी बशुन्धरा खड्काको आग्रह गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेको सुचना अधिकृत राजकुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख लालध्वज सुवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे प्रमुख जनार्दन घिमिरे लगायत पत्रकार एवं सुरक्षकर्मीहरुको उपस्थिती रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















