चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका १ सय ६४ जना वालवालिकाहरुलाई दादुरा रुवेला खोप लगाएको छ । दादुरा रुवेला खोप अभियानको पहिलो दिन आज गाउँपालिकाको विभिन्न खोपकेन्द्रहरुमा सो खो लगाएको हो ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तेज घिसिङका अनुसार आज गाउँपालिका भरिमा महिला ७१ जना र पुरुष ९४ जना गरी १ सय ६४ जनालाई लगाएको छ ।
प्रमुख घिसिङका अनुसार वडा नं. १ मा महिला २ र पुरुष ५ गरी ७ जना, वडा नं. २ मा महिला ८ जना र पुरुष ८ जना गरी १६ जना, वडा नं. ३ मा महिला ५ र पुरुष ७ जना गरी १२ जना, वडा नं. ४ महिला १३ जना र पुरुष १८ गरी ३१ जना, वडा नं. ५ मा महिला ५ जना र पुरुष १५ जना गरी २० जना, वडा नं. ६ ा महिला १३ जना र पुरुष १२ जना गरी २५ जना, वडा नं. ७ मा महिला १ जना र पुरुष १० जना गरी ११ जना, वडा नं. ८ मा महिला १९ जना र पुरुष १७ जना गरी ३६ जना र वडा नं. ९ मा महिला ५ जना र पुरुष २ जना गरी ७ जना लाई खोप लगाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















