चौरीदेउराली– काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकाको अध्यक्ष रेणुका चौलागाईंले गाउँपालिका भित्रका १ सय जना पूर्ण अपांगता भएका व्यक्तिहरूलाई ब्लाङकेट वितरण गरेका छन् । ९ वटै वडामा पुगेर अध्यक्ष चौंलागाईंले ब्लाङकेट वितरण गरेका हुन् ।
ब्लाङकेट वितरणको लागि अध्यक्ष चौलागाईं पूर्ण अपंगता भएको व्यक्तिको घर–घरमा पुगेका थिए । ब्लाङकेट वितरणसँगै उनले अपांगता भएको व्यक्ति र उक्त घर परिवारहरूको समस्या, पीडा र मर्मलाई प्रत्येक्ष रूपमा बुझ्नु बुझेका थिए ।
कार्यक्रमबाट लाभान्वित परिवार र अपांग व्यक्तिहरूले गाउँपालिकाको यस कार्यक्रमबाट प्रभावित भइ गाउँपालिका अध्यक्ष चौलागाईंको प्रसंसा गर्दै आफूहरूलाई सहयोग गरेकोमा धन्यवाद प्रकट गरेका थिए ।
ब्लाङकेट वितरण कार्यक्रममा गाउँपालिका पञ्जिकरण शाखामा कार्यरत उर्मिला परियारले गरेका थिए ।
ब्लाङकेट वितरण कार्यक्रममा ८ नं. वडाको अध्यक्ष एवं गाउँपालिकाको प्रवक्ता धन लामा, ३ नं. वडा अध्यक्ष चित्र प्रसाद चौलागाईं, ५नं. वडा अध्यक्ष कृष्ण प्रसाद गौतम, ९ नं. वडाका अध्यक्ष राम लामा लगायतको सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















