बनेपा- सहिद सप्ताह तथा बलिदान दिवसको अवसरमा अखिल(क्रान्तिकारी) काभ्रेको आयोजनामा जनयुद्धको प्रथम महान् सहिद दिल बहादुर रम्तेल,अखिल(क्रान्तिकारी) काभ्रेको तत्कालीन अध्यक्षहरू सहिद बुद्धि लामा, केदार आचार्य लगायत महान जनयुद्धको क्रममा काभ्रे जिल्लाबाट सहादत प्राप्त गर्न भएका महान् सहिदहरूको तस्बिरमा माल्यार्पण गरि श्रद्धाञ्जली अर्पण गरियो बलिदान दिवसको कार्यक्रम सम्पन्न भएको छ।

माओवादी केन्द्रले प्रत्येक वर्ष महान् जनयुद्धको बेलादेखि नै जनयुद्धको प्रथम सहिद दिल बहादुर रम्तेले सहादत प्राप्त गर्नुभएको फागुन १४गतेको दिनबाट र झापा विद्रोहको क्रममा तत्कालीन सत्ताले नेत्र घिमिरे,रामप्रसाद दाहाल लगायतका बन्दीहरुलाई झापाको सुखानीको जंगलमा लगेर फागुन २१ गते हत्याको गरेको दिनलाई आधार मानेर सहिद सप्ताह मान्दै आएको छ। कार्यक्रमको प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश समितिको सचिवालय सदस्य एव् काभ्रे संयोजक भोला प्रसाद अर्यालले महान् सहिदहरूको बलिदानले नै सामन्ती राजतन्त्रको अन्त्य गरेर आज राजनीतिक उपलब्धीहरू प्राप्त गर्न भएको बताउनु भयो।

अब राजनीतिक यात्रा समाजवादी क्रान्तिको दिशामा अघि बढेर मात्रै महान् सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो। अर्को अतिथि नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश समितिको सचिवालय सदस्य एवं काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ(अनुशील)ले दस वर्षको महान् जनयुद्धको क्रममा महान् सहिद दिल बहादुर रम्तेल लगायतका सहिदहरू बलिदान पार्टी नेतृत्वको सञ्चालित महान् जनयुद्धको क्रममा लाखौं लाख क्रान्तिकारी वीर योद्धाहरूको सौर्य,वीरता र रगत पसिन एवं नेपाली जनताको अपार साथ सहयोगले सामन्ती राज्य सत्ताको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापन गर्न सफल भएको बताउनु भयो।

यी नै बलिदानको जगबाट प्राप्त समावेशी समानुपातिक प्रतिनिधित्व सहितको संघीय लोकतान्त्रिक गणतन्त्रले नेपाली समाजमा रहेको वर्गीय, जातीय, लैङ्गकि, साँस्कृतिक एवं क्षेत्रीय उत्पीडितहरु अत्यन्त गर्ने प्रमुख आधार खडा भएको कारण महान् सदैव अमर र हाम्रो प्रेरणाको भइरहने बताउनु भएको थियो।आगामी समाजवादी क्रान्तिको यात्रामा लागेर महान् सहिदहरू उच्च सम्मान हुने बतानु भयो। कार्यक्रममा अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला इञ्चार्ज निर्मला गौतम र अनेमसंघ(क्रान्तिकारी) काभ्रेको जिल्ला अध्यक्ष सुन्तली थिङ(मनिता) मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य मीना पाख्रिन(अनु),अखिल(क्रान्तिकारी) काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पसका अध्यक्ष सन्तोष बुढाथोकी लगायतका नेता कार्यकर्ताहरू उपस्थिति रहेको थियोे । उक्त बलिदान दिवसको कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) काभ्रे जिल्लाको अध्यक्ष विजय लामा र जिल्ला उपाध्यक्ष विवस लामा सञ्चालन गर्नुभएको थियो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।