तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा रहेको तेमाल सामुदायिक ग्रामिण विद्युतिकरण सरहकारी संस्था लि. को अध्यक्षमा पूनः सार्कीमान तामाङ निर्विरोध निर्वाचित भएका छन् । संस्थाको आज सम्पन्न १६ औं साधारणसभा तथा अधिवेशनले तामाङलाई पूनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले उद्घाटन गरेको सो अधिवेशनले उपाध्यक्षमा कुलबहादुर तामाङ, सचिवमा इन्द्रमान तामाङ, सह–सचिवमा कान्छा तामाङ, कोषाध्यक्षमा सन्जिव तामाङ, सदस्यहरूमा दमैसिं दोङ, कल्पना लामा, बिकुलाल मोक्तान, रामप्रसाद पाण्डे, चमारसिं तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरि लेखाल सुपरिवेक्षण समितिको संयोजकमा बलराम रायमाझी सदस्यमा टेकबहादुर दोङ र प्रेमध्जज तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत तथा गाउँपालिकाको कृषि तथा सहकारी शाखा प्रमुख कुलदीप पहाडीले सो पदहरुमा एकल मनोनयन दर्ता भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए
कार्यक्रममा विशेष अतिथिको रुपमा गाउँपालिका उपाध्यक्ष दलमान थोकर, पूर्व उपाध्यक्ष दुर्गामाया तामाङ, अतिथिहरुमा १ नं. वडाका वडा अध्यक्ष इन्द्र अधिकारी, ५ नं. वडाका वडा अध्यक्ष हजारसिं लामा, ६ नं. वडा अध्यक्ष प्रेमबहादुर लामा, नेकपा (एमाले)का प्रदेश कमिटी सदस्य नोर्वु मोक्तान, माओवादी केन्द्रका गाउँपालिका उपाध्यक्ष डिलबहादुर थोकर (ग्याम्जो), नेपाली काँग्रेसका क्षेत्रिय उपसभापति चन्द्रलाल दोङ लगायतका सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















