तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको १४ गाउँसभा फागुन २४ गते हुने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन कुमार प्याकुरेलका अनुसार गाउँसभामा अर्धवार्षिक समिक्षा हुनेछ ।
यसैबीच प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले एक सूचना जारी गर्दै गाउँसभा अगाडि नै योजनाहरुको रकमान्तर तथा शीर्षक परिवर्तनको लागि विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।
सबै वडा कार्यालयलाई सम्बोधन गरेर जारी गरेको सूचनामा सो कुराको उल्लेख गरिएको छ । उनले फागुन २३ गते बस्ने कार्यपालिका बैठक अगावै उपलब्ध गराउन अुनरोध गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















