रोशी– पशु सेवा कार्यालय धुलिखेल काभ्रेको आयोजना तथा रोशी गाउँपालिकाको समन्वयमा रोशी गाउँपालिकामा भेडा बाख्रामा लाग्ने रोग पिपिआर विरुद्धको खोप अभियान शुरु गरेको छ १ हप्तासम्म सञ्चालन हुने यो अभियान बुधबार रोशी–७ लास्टकोट स्थित स्थानीयको बाख्रालाई खोप लगाएर शुरु गरेको हो ।

गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिकहरुसहित गाउँपालिका अध्यक्ष दिनेश लामाले अभियानको शुभारम्भ गरेको थियो । अभियानको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष लामाले गाउँपालिका भित्रको भेडा बाख्रालाई पिपिआर रोगबाट सुरक्षित राख्न कुनै कसर नराख्न पशु प्राविधिकहरुलाई निर्देन दिएका छन् । अभियानमा भेडा बाख्रालाइ खोप लगाउन मात्र नभई किसानलाई खोप र रोगको बारेमा जानकारी दिन पनि पशुप्राबिधिकहरुलाइ लामाले अनुरोध गरेका छन । गाउँपालिका भित्रको किसानका भेडा बाख्रालाई सुरक्षीत राख्न गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्न गाउँपालिका तयार रहेको उनले जानकारी दिए ।

रोशी गाउँपालिका भरी करिब ५० हजार ५२ वटा भेडा बाख्रा रहेकोमा पशुसेवा कार्यालय धुलिखेल काभ्रेले रोशीका लागि १५ सय डोज भ्याक्सिन पठाएको रोशी गाउँपालिका पशु सेवा शाखा प्रमुख रघुनी शाहले जानकारी दिए । अपुग भ्याक्सिन पशु सेवा कार्यालयले थप गर्ने र अझै अपुग भए गाउँपालिकाले खरिद गर्ने उनले बताए । गाभिनो भेडा बाख्रा र तीन महिना भन्दा कमको पाठापाठिलाइ भ्याक्सिन लगाउन नहुने उनले जानकारी दिए ।

रोशी गाउपालिकामा १२ वटा वडा रहेको छ । उक्त सबै वडामा क्रमैसग भ्याक्सिन लगाउदै जाने शाखाप्रमुख शाहले जानकारी दिए । प्रत्येक वडामा तीन समुहमा बाडिएर खोप लगाउने उनले जानकारी दिए । खोप अभियान फागुन १६ गतेबाट सुरु भएर २३ गते समापन गर्ने शाखाले जनाएका छन । यो अभियान हरेक बर्ष गर्दै आएको आयोजकले जनाएका छन ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।