काभ्रे । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले वर्तमान दुईतिहाइको सरकारले भ्रष्टाचारको जरै सहित उखेलेर फाल्ने बताएका छन् ।

सोमबार मण्डन देउपुर नगरपालिकामा एकिकृत सूचना सेवा केन्द्रको उद्घाटन गर्दै मन्त्री वाँस्कोटाले उक्त कुरा बताएका हुन् ।

‘भ्रष्टाचारको जरैदेखि निर्मुल गर्ने कार्य वर्तमान सरकारले गर्नेछ ।’ मन्त्री बाँस्कोटाले भने, ‘अब नयाँ पुस्ताले मुलुकमा भ्रष्टाचार एकादेशको कथाको रुपमा सुन्ने सुनाउने काम हुनेछ ।’

मन्त्री बास्कोटाले कृषि, पर्यटन र ऊर्जाको विकास पिलरको रुपमा रहेकोले उक्त विषय सरकारको प्राथामिकताको विषय रहेको स्पष्ट पारे । साथै एक वर्षमा देशको आर्थिक बृद्धिदर ८ प्रतिशत पु¥याउने सरकारको लक्ष रहेको बताए ।

मन्त्री बास्कोटाले अराजकता, ढिला सुस्ती, अनावश्यक खर्च र विभिन्न खाले सिन्डिकेटको अन्त्य गर्ने सरकारको योजना रहेको बताए । ‘गुन्डागर्दी, ढिलासुस्ती, फजुल खर्च र अनेक खालको सिन्डिकेटको अन्त्य गर्ने सरकारको पहिलो लक्ष रहेको छ ।’ उनले भने ।

पत्रकारितामा पनि सिण्डिकेट लागु भएकोले त्यसको समेत अन्त्य गर्ने उनले प्रतिबद्धता जाहेर गरे ।

Comments

comments