तेमाल– माओेवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल), तेमाल गाउँपालिका कमिटिको आयोजनामा ल्होछारको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य सांसद सूर्यमान दोङ (लालध्वज)को प्रमुख आतिथ्यतामा तामाङ समुदायको साँस्कृतिक पर्व २८६० डुकल्हो सोनाम ल्होछारको अवसरमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दोङले तामाङ समुदायको मौलिक पर्वको रुपमा मनाउँदै आएको ल्होछारलाई अब घर–घरमा मनाउनुपर्नेमा जोड दिए । युवाहरुले ल्होछारलाई घर–घरमा लानुपर्ने दोङको भनाई थियो ।
यसैबीच कार्यक्रममा वागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकालले ल्होछार पर्वलाई राज्यको पर्व बनाउन आफूहरुले लडेको स्मरण गराउँदै थप अधिकारको लागि आफूहरु लड्न तयार रहेको बताए ।
कार्यक्रममा माओवादी केन्द्र काभ्रेका जिल्ला संयोजक भोला अर्याल, तेमाल गाउँपालिकाका जननिर्वाचित उपाध्यक्ष दलमान थोकर, पार्टी गाउँपालिका अध्यक्ष समिर तामाङ, उपाध्यक्ष ग्याम्जो थोकर, वाइसिएल केन्द्रिय सचिव अविलास तामाङ, अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय सचिव दूधराज लामा, केन्द्रि सदस्य इन्द्र तामाङ, वाइसिएल जिल्ला संयोजक लनाम लामा लगायतको सहभागी थियो ।
वाइसिएल तेमाल गाउँपालिका कमिटीका इन्चार्ज चक्र लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य रोजबहादुर तामाङले राखेका थिए भने सञ्चालन अध्यक्ष विजय लामाले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















