तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले ११४ औं नारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । ‘लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण अन्तर्गत महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नाराका साथ आगामी फागुन २३ गते अन्तरक्रिया कार्यक्रम हुने भएको हो ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले एक सूचना जारी गर्दै भनेका छन्, ‘प्रस्तुत विषयमा यस तेमाल गाउँपालिकाको आ.व. २०८०/८१ मा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण अन्तर्गत महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी भन्ने मूल नाराका साथ ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरी मनाइने भएकाले जनप्रतिनिधिहरु, कर्मचारीहरु, प्रत्येक विद्यालयबाट एकजना महिला शिक्षिका, स्वास्थ्य तर्फका महिला कर्मचारीहरु, प्रत्येक वडाबा एकजना स्वास्थ्य स्वयमसेविका लगायत महिलाहरुलाई तपशिल बमोजिमको मिति, समय र स्थानमा सहभागिताको लागि अमन्त्रित गरिन्छ ।
कार्यक्रमः
मितिः २०८०/११/२३ गते बुधवार
समयः विहान ११ बजे
स्थानः तेमाल गाउँपालिका, काभ्रेपलाञ्चोक
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















