चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउरालीमा ११४ औं नारी दिवसमा लोकगीत तथा कविता वाचन प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको आयोजनामा हुने सो कार्यक्रम आगामी फागुन २५ गते हुने भएको हो ।

प्रतियोगितामा वडा महिला सञ्जाल, वडा मेलमिलाप केन्द्र, अगुवा महिला, स्वास्थ्य स्वयमसेविका, सहकारी सदस्यहरु सबहभागी हुने गाउँपालिकाले जनाएको छ । ‘महिलामा लगानी र समन्नुत समाजको थालनी’ भन्ने मूल नारामा आधारित रही लोकगीत तथा कविता वाचन प्रतियोगिता हुने बताइएको छ ।

लोकगीत तथा कविता वाचन प्रतियोगिताको शिर्षक महिलामा लगानीः सभ्य र समुन्नत समाजको लगानी हुनेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।