काठमाडौं– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सोनाम ल्होछार साँस्कृतिक कार्यक्रममा दिएको बचन पूरा गरेका छन् । तामाङ समुदायबाट एकजना मन्त्री बनाउने दिएको बचन नयाँ सत्ता समिकरणसँगै माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा नुवकोटका सांसद हितबहादुर तामाङलाई मन्त्री बनाएर प्रधानमन्त्री प्रचण्डले आफ्नो वचन पूरा गरेका छन् ।

तामाङसँगे विना विभागीय मन्त्रीमा ३ जना नवनियुक्त मन्त्रीहरुले आज शपथ लिएका छन् । माओवादी केन्द्रको तर्फबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाबाट डोलप्रसाद अर्यालले शपथ ग्रहण गरेका छन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला