तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. १ मा रहेका किसानहरुलाई मिनी ट्याक्टर लगायतका कृषि औजार वितरण गरेको छ । आज गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकरले किसानको खेतमै पुगेर कृषि सामाग्री वितरण गरेका हुन् ।

सोही वडामा रहेको फुलबारि तरकारी बिउ उत्पादक सहकारी संस्थाले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत आलु पकेट बिकास कार्यक्रम सञ्चालन गरिरहेकोमा तेमाल गाउँपालिकाको सहयोगमा सो परियोजनाले निरन्तरता पाइरहेको संस्थाका अध्यक्ष केपी पाण्डेले जानकारी दिए । चालु आर्थिक वर्ष आ‍‍.ब. २०८०÷०८१ को कार्यक्रम बाट ५० प्रतिशत साझेदारीमा रू १२ लाखको परियोजना सञ्चालन भइरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तामाङले यस परियोजनाको लागि पालिकाबाट गरिने सहयोग निरन्तरता हुने बताउँदै कृषि सडक निर्माणमा पनि आफ्नो सहयोग रहेन बताए । कृषि सडकको अलावा रैथानेबालीको वीउ उत्पादनमा निरन्तर सहयोग गर्ने वचन दिंदै आफ्नो कुनै पनि सहयोगमा राजनीतिक भेदभाव नहुने प्रतिबद्धता समेत व्यक्त गरे ।

यसैबीच गाउँपालिका उपाध्यक्ष थोकरले यो क्षेत्रमा सौर्य सिचाईमा सहयोग उपलब्ध उराएर सिंचाइमा सहजता ल्याउने प्रतिबद्धता जाहेर गरे । सोही क्रममा संस्थाका अध्यक्ष काली प्रसाद पाण्डेले बिषादी न्युनिकरण र बीउ उत्पादन, तेमालमा कृषिको बिकासका लागि आफु लागिपरेको बताए ।

कार्यक्रममा किसानहरुलाई हाते ट्याक्टर लगायतका कृषि सामाग्रीहरु वितरण गरेको थियो । कार्यक्रममा पालिका कृषि शाखा प्रमुख कुलदिप पहाडी, शिक्षा शाखाका भिमलाल तामाङ, सहकारीका शेयर सदस्य तथा किसानहरुको सहभागीता थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।