चौंरीदेउराली– वागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा आगामी फागुन २९ गतेका दिन आउने भएको छ । गाउँपालिकाको आयोजनामा हुन लागेको पाँचौ अध्यक्ष गोल्कप फुटबल प्रतियोगिताको उद्घाटन गर्न मन्त्री मोक्तान आउने भएको हो ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ हुन लागेको सो प्रतियोगिता फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म सञ्चालन हुने वडा नं. ३ का वडा अध्यक्ष चित्रप्रसाद चौंलागाईंले जानकारी दिए ।

प्रतियोगिता चौंरीदेउराली गाउँपालिका वडा नं. ३ मा रहेको काफ्ले खेल मैदानमा हुने वडा अध्यक्ष चौंलागाईंले जानकारी दिए ।

कार्यक्रममा कार्यक्रममा विशेष अतिथिको रुपमा वागमती प्रदेश सभा सदस्य तथा पूर्व खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, प्रदेश सभा सदस्य सांसद रुकु चौंलागाईं र गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंको उपस्थिति हुने जनाएको छ । प्रतियाेगितामा ९ वटै वडाहरुबाट भाग लिने जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।