काभ्रे । बनेपाकी समाजसेवी अनिला कायस्थले मन्दिरलाई फलामको विश्राम गर्ने कुर्सी सहयोग गरेकी छिन् । काभ्रेको बनेपा नगरपालिका वडा नं ७ निवासी कायस्थले आफ्नो बुबा स्वं. रामचन्द्र कायस्थको १६ औं वार्षिक पुण्यतिथिको अवसरमा आज बुधबार बनेपा नगरपालिका वडा नम्बर–३ स्थित भीमसेन मन्दिरलाई तीन थान फलामको विश्राम गर्ने कुर्सी सहयोग गरेकी छिन्।

कुर्सी काभ्रे भीमसेन मन्दिरका अध्यक्ष राजेन्द्र दाहाललाई प्रदान गरेकी हुन् । कुर्सी सहयाृेग गरेकोमा काभ्रे भीमसेन मन्दिरका अध्यक्ष दाहालले समाजसेवी अनिला कायस्थप्रति धन्यवाद व्यक्त गरेका छन् ।

बुबाको पुन्य तिथिको अवसरमा भीमसेन मन्दिरलाई सानो सहयोग गर्न पाउँदा खुशी प्राप्त भएको समाजसेवी कायस्थले बताईन् । कायस्थले यस अघि आफ्नो आमा र बुबाको वार्षिक पुन्य तिथिको अवसरमा जिल्लाका विभिन्न सामाजिक संघसंस्था, विद्यालय, मन्दिरलाई सहयोग गर्दै आएकी छिन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।