महाभारत- तीब्र विद्युतिकरणको क्रममा रहेको काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं. १ , वडा नं. २ र वडा नं. ८ मा विजुली बत्ती बलेको छ । बुधवार गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले एक कार्यक्रमबीच स्विच थिचेर उद्घाटन गरेको थिए ।

 नेपाल विद्युत्त प्राधिकरण काभ्रे वितरण शाखा तथा काभ्रे, मकवानपुर, रामेछाप र सिन्धुली ग्रामिण विद्युतिकरण आयोजनामा निर्माण सम्पन्न विद्युतिकरणको गाउँपालिकाको १ नं. वडा गोकुलेमा सफल परिक्षण प्रसारण भएको छ ।

गाउँपालिकाका तीन वटा वडामा  विद्युत्त परिक्षण भएको छ । वडा नम्वर १ गोकुले, वडा नम्वर ८ घर्तिछाप र वडा नम्वर २ लगायतका स्थानहरुमा विद्युत्त परिक्षण गरिएको हो ।गाउँपालिकाको अन्य सबै वडामा सफल परिक्षण भइसकेको छ । आज चैत्र १ गतेबाट उक्त वडाका सबै घर धुरीहरुमा बत्ति बल्नेछ ।

नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रको ग्रिड सोलार एण्ड ईफिसियन्सी आयोजनाबाट महाभारतका विभिन्न वडाहरुमा विद्युत्त सेवा शुरु भएको थियो । महाभारत गाउँपालिकामा ३ हजार ३ सय घर धुरी छन ।

सबै वडाका सबै घरधुरीमा नियमित विद्युत्त सेवा पु¥याउने उदेश्यले शुरु भएको आयोजनाले स्थानीयहरु लाभान्वित हुने महाभारत गाउँपालिका अध्यक्ष जिम्बाले बताए । गाउँपालिकाले घरमा जडान गर्ने मिटर बक्स खरिदका लागि लाग्ने २ हजार ६ सय ८५ मध्ये प्रत्येक घरधुरीलाई अनुदान स्वरुप १ हजार रुपैंया उपलब्ध गराउँदै आएको छ ।

नेपाल विद्युत प्राधिकरण र महाभारत गाउँपालिकाको पहल र समन्वयमा केन्द्रिय विद्युतको प्रसारण विस्तार गरिएको अध्यक्ष जिम्बाले बताए । महाभारत गाउँपालिका र खानिखोलाबासीलाई बत्तिको अध्यारोबाट उज्यालो बनाउने अभियानमा नेपाल सरकारले १ अर्ब ५६ करोड रकम विनियोजन गरी कार्य प्रारम्भ गरेको थियो । रकम अपुग भएका कारण अधुरो रहेको आयोजना समापन गर्न पुन ः ३० करोड रकम विनियोजन गरिएको छ ।

 कार्यक्रममा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ), छिमेकी जिल्ला सिन्धुलीका मरिन गाउँपालिका अध्यक्ष विमर्स मोक्तान, हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्र ध्वज वाईबा, ग्रामिण विद्युतिकरण आयोजनाका प्रमुख, निर्माण कम्पनीका इन्जिनियर, जननिर्वाचित वडा अध्यक्षहरु लगायत महाभारत गाउँपालिका, छिमेकी खानीखोला गाउँपालिका र सिन्धुलि जिल्लाका केही गाउँपालिकाको जन समुदायको उपस्थिति रहेको थियो ।

महाभारत गाउँपालिका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष कान्छामान जिम्बा (रोहित)को अध्यक्षतामा भएको कार्यक्रमको गोकुले मा.वि. का शिक्षक मोहन दास श्रेष्ठले संचालन गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।