भुम्लु– काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले सार्वजनिक यातायातमा प्रवेश गरी कुनै पनि प्रकारको खानेकुरा विक्री व्यापार गर्न निषेध गरिएको छ । गाउँपालिकाको नि. प्रमुख प्रशासकीय अधिकृत सुदर्शन भट्टराईले एक सूचना जारी गर्दै निषेध गरिएको जनाएको छ ।
गाउँपालिकाको वडा नं. ८ दोलालघाट बन्देउ अरनिको राजमार्ग अन्तर्गतको सडक खण्डमा यस्तो कार्यको निषेध गरिएको सूचनामा भनिएको छ । सो क्षेत्रमा गुडि रहेको सार्वजनिक यातायातमा प्रवेश गरी खुला रुपमा तयारी खाना, माछा, तरकारी, फलफुल आदिको विक्री व्यापार गर्ने जस्ता गतिविधिले गर्दा दुर्घटना हुन सक्ने भएकोले व्यापारीको सुरक्षा तथा यात्रुको स्वास्थ्यमा समेत ध्यानमा राखी त्यस्तो कार्य गर्न निषेध गरिएको जनाएको छ ।
गाउँपालिकाले उक्त कार्य पूर्ण रुपमा निषेध गर्न समन्वय गरिदिनहुन सम्पूर्ण स्थानीय सुरक्षा निकाय, बस व्यवसायीहरु, उद्योग वाणिज्य संघ, स्थानीय संघ संस्था, क्लव, टोल विकास तथा सुधार समितिलाई अनुरोध गरेको छ ।
यस्ताे छ सूचनाः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























