बनेपा– काभ्रे जिल्लाकाे बनेपाबाट नक्कली नोट बनाउनका लागि प्रयोग गर्ने फोटोकपी मेसिनसहित र नक्कली नाेट सहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका अुनसार पक्राउ पर्नेमा जिल्लाको बेथानचोक गाउँपालिका-३ का २५ वर्षीय सबिन हुमागाईं रहेका छन्।
हुमागाईलाई प्रहरीले शुक्रबार दिउँसो ३ बजे पक्राउ गरेको थियाे । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-५ स्थित एचएम मोबाइल किएर सेन्टरमा खान तलासी गरेको थियो।
प्रहरीले कलर प्रिन्टर, डेल कम्पनीको ल्याप्टप, आइफोन, हजार दरका ६९ वटा नक्कली नोट, एक थान पाँच सय दरका नक्कली नोट र फोटोकपी पेपर बरामद गरेको छ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर कार्यालय ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















