बनेपा– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई आफ्नो पार्टी बास्ना आउन थालेको बताएका छन् । आज एकीकृत समाजवादी काभ्रेको १० औं जिल्ला अधिवेशन उद्घाटन पछि सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

समय र परिस्थितिले एमालेका नेताहरूलाई एकीकृत समाजवादी बास्ना आउने अवस्थामा ल्याएको उनको दावी थियो । माओवादी सहितको नयाँ गठबन्धनमा सहभागी भएको एकीकृत समाजवादीलाई सरकारमा आउन एमाले अध्यक्ष केपि ओलिले नै आग्रह गरेको बताउँदै उनले राजनीतिमा स्थायी शत्रु र मित्र नहुने बताए ।

अध्यक्ष नेपालले कुनै बेला केपि ओलिले माधव नेपालसँग बोल्दा मुख कुल्ला गर्नु पर्ने भनाइलाई इंकित गर्दै अरुले हल्ला गरे जस्तो एकीकृत समाजवादी र एमालेको एकता सम्भव नहुने प्रष्ट पार्नु भएको छ ।

जिल्ला अधिवेशन भोलिसम्म चल्ने छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।