काठमाडौं– नेकपा (माओवादी केन्द्र) निकट भुजेल राष्ट्रिय मुक्ति मोर्चा, नेपाल वागमती प्रदेशको प्रथम भेला सम्पन्न भएको छ । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आज सम्पन्न भेलाले अर्जुनबहादुर भुजेल (धादिङ)लाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।

भेलाले २१ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा ध्रुवबहादुर भुलेल (काठमाडौं), सचिवमा पृथ्वी भुजेल (काभ्रे), कोषाध्यक्षमा अम्बिका भुजेल (ललितपुर) निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरि समितिको सदस्यहरुमा रोशन भुजेल (सिन्धुपाल्चोक), अनोज भुजेल (रामेछाप), रामकुमार भुजेल (धादिङ), बलबहादुर भुजेल (सिन्धुपाल्चोक), रमेश भुजेल (सिन्धुली), रत्नबहादुर भुजेल (काठमाडौं), सन्तोष भुजेल (काभ्रे), अर्पणा भुजेल (मकवानपुर), कुमार भुजेल (मकवानपुर), सूर्यबहादुर भुजेल (काठमाडौं), नवराज भुजेल (नुवाकोट), पम्फा भुजेल (काठमाडौं), अम्बिका भुजेल (धादिङ), ओमकुमारी भुजेल (काभ्रे) रहेका छन् । तीन सदस्य भने समितिको पहिलो बैठकले मनोनित गर्ने मोर्चाले जनाएको छ ।

भेला नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटि सदस्य तथा संयुक्त मोर्चाको इन्चार्ज ओनसरी घर्तिमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अन्य अतिथिहरुमा पार्टी केन्द्रीय सदस्य तथा संयुक्त मोर्चाको संयोजक सुरेश आलेमगर, वागमती प्रदेश सभा सदस्य शुष्पा भुजेल, लेखापरिक्षक आयोगको केन्द्रिय सदस्य सुरेन्द्र भुजेल, भोजपुर जिल्ला संयोजक शैलेन्द्र भुजेल, वागमती प्रदेश कमिटी सदस्य प्रकाश भुजेल र उदयपुर काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष डिबी भुजेल लगायतका रहेका थिए ।

कार्यक्रम मोर्चाको केन्द्रिय संयोजक खेमराज भुजेलको अध्यक्षतामा, मोर्चाको कार्यालय सदस्य रामगोपाल भुजेलले सञ्चालन गरेका थिए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला