तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले आगलागीबाट सचेत रहन तेमालवासीलाई अनुरोध गरेको छ । आज प्रमुख प्रसाकीय अधिकृत पवनकुमार प्याकुरेलले एक सूचना जारी गर्दै सचेत रहन अनुरोध गरेको हो ।
तेमाल गाउँपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा रहेका सामुदायिक तथा निजी वनहरुमा सुख्खा मौसमका कारण फैलिरहेको सूचनामा भनिएको छ । सूचनमा भनिएको छ– ‘सो क्षेत्रमा आगलागीका कारण सामुदायिक तथा निजीवन आसपासमा रहेका घर बस्तीहरुमा समेत आगलागी भई धनजनको समेत क्षतीहुने सम्भावना रहेको हुँदा, उक्त क्षेत्र आसपास रहेका तथा अन्य जनसमुदायहरुमा समेत सचेत रहन र आगोजन्य सामग्री तथा पदार्थहरुको उचित व्यावस्थापन गरी अत्यावश्यक कामकाज बाहेक अन्य अवस्थामा प्रयोग नगर्नु नगराउनुहुन अनुरोध छ।’
गाउँपालिकाको सूचनालाई अटेर गरी आगो लगाउने गतिविधीहरु गर्ने गराउने व्यक्ति तथा समुदायहरुलाई कानुन अनुसार कारवाही हुने चेतावनी दिएको छ ।
एक सातादेखि तेमाल गाउँपालिकाको विभिन्न क्षेत्रमा आगलागी भइरहेको छ । केही क्षेत्रमा नियन्त्रण भएको छ भने केही क्षेत्रमा भनि नियन्त्रणमा आउन सकेको छैन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















