तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङको नेतृत्वमा विद्यालय अनुमगन थालेको छ । सोमबारदेखि सञ्चालन भइरहेको अन्तिम परिक्षाकोबारेमा अध्यक्ष तामाङको नेतृत्वमा आज वडा नं. ९ मा रहेको श्री कुशेश्वर माविमा अनुगमन गरेका हुन् ।

अनुगमनको लागि गाउँपालिका उपाध्यक्ष दलमान थोकर, ९ नं. वडा अध्यक्ष चन्द्रबहादुर लामा, शिक्षा शाखा प्रमुख कृष्णप्रसाद घिमिरे, शिक्षा सहायक भिमलाल दोङ सो विद्यालयमा पुगेका थिए । अनुगमनको क्रममा अध्यक्ष तामाङको टोलीले विद्यालयमा सञ्चालन भइरहेको परिक्षाको कक्षकोठामै पुगेर अनुगमन गरेका थिए ।

कक्षाकोठा अनुगमन पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर थोकर, प्रधानाध्यापक डिएस दोङ र शिक्षकहरुसँग विद्यालयको समग्र शैक्षिक अवस्थाकोबारेमा जिज्ञासा राखेका थिए । सो क्रममा अध्यक्ष तामाङले शैक्षिक क्षेत्रमा भएको समस्याहरुको समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

त्यसैगरि गाउँपालिका उपाध्यक्ष थोकरले वालवालिकाको लागि मिहनेत गर्न शिक्षकहरुलाई अनुरोध गरेका थिए । विद्यालयको भौतिक तथा शैक्षिक समस्या पहिचान गरि विद्यालयलाई सहयोग गर्ने उनले प्रतिबद्धता जाहेर गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।