तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले भकुण्डेबेशी मेच्छे मुक्पाटार तित्रेटार माम्ती सडक खण्डको सिमाभित्रका घर, टहरा लगायतका भौतिक संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेले सोमबार एक सूचना जारी गर्दै सो अल्टिमेटम दिएको हो ।

मिति २०८० साल चैत्र ५ गते बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको सूचनामा भनिएको छ । ३५ दिन भित्रमा सडक खाली नगरे गाउँपालिकाले नेपाल सरकारले निर्धारण गरिएको मापदण्ड अनुसार हटाउन र भत्काउने सूचनामा उल्लेख छ ।

सूचनमा भनिएको छ, ‘प्रस्तुत विषयमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन भक्तपुरको ठेक्का नं. DROBKT/33701176/078/79-26 बाट विस्तार तथा स्तरोन्नती भईरहेको भकुण्डेबेशी मेच्छे मुक्पाटार तित्रेटार माम्ती सडक (Raod upgrading works at Bhakunde-Mechhe-Mukpatar-Titreetar-Mamdi Road Project, Kavre (ch.0+000 to 7+000 & 13+720 to 19+500)सिमाभित्रका घर, टहरा लगायतका भौतिक संरचनाहरु यो सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र हटाई सडक खाली गरिदिनका लागि गाउँकार्यपालिकाको मिति २०८०।१२।०५ को निर्णयानुसार सम्बन्धित व्यक्ति, संस्था र निकायका नाममा यो सार्वजनिक सूचना जारी गरिएको छ । उक्त समयभित्र त्यस्तो संरचना नहटाइएमा नेपाल सरकारले निर्धारण गरिएको मापदण्ड अनुसार हटाउन र भत्काउन सकिने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराईन्छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।