तेमाल- काभ्रे जिल्लाको भकुण्डे तेमाल सडकको सम्झौता अवधि सकिन ४ महिना मात्र बाँकी रहँदा १० प्रतिशत समेत काम भएको छैन् । सडक डिभिजन कार्यालय भक्तपुरको आयोजनामा दुई वर्षमा सम्पन्न गर्ने भन्दै २०७९ साउन १६ गते सम्झौता भएको उक्त सडक स्तराेन्नति कार्य अगाडी बढ्न नसक्दा सर्वसाधारणले दुःख पाइरहेकाे छ ।

तत्कालीन प्रतिनिधि सभा सदस्य गंगाबहादुर तामाङले याे सडकलाई रणनीतिक सडकको रुपमा छानेसँग याे काम अगाडि बढेकाे थियाे ।

भकुण्डेचोक देखि नारायणथान मेच्छेपौवा मुक्पाटार हुँदै माम्दीसम्म सडक पिच गर्ने आयोजनाको नाम भकुण्डे माछे– मुक्पाटार– तित्रेटार – माम्दीरोड आयोजना सडक स्तोन्नतीको काम भन्दै के.एस देवि रमण, तेज जु ललिपुर १५ ले भन्दै २०७९ साउन १६ गते २० करोड ८९ लाखमा सम्झौता गरी २०८१ साउन १५ गते भित्रमा सक्ने भनी सझौता गरेको आयोजना करीब चार महिना बाँकी रहँदा १० प्रतिशत पनि काम भ्रएको छैन् । दुई वर्ष भित्रमा सक्ने भनिएको आयोजना अहिले सम्म केहि काम नहुनुले पनि समयमा काम सम्पन्न नहुने पक्कापक्की भईसकेको देखिन्छ ।

ठेकेदारको लापर्वाहीले गर्दा पटक पटक भकुण्डे तेमाल सडक बनाउने भने पनि कागजमा मात्रै सिमित भईरहेको उक्त सडक यस पटक पनि त्यही हुने अस्वथामा पुगेको दखिन्छ । नमोबुद्ध वडा नं. ४ का स्थानियका अनुसार यस पटक पनि यो ठेक्काबाट काम नहुने पक्कापक्की भएको बताउन्छन् । ‘हामीले पटक पटक ताकेता गर्दा समेत उक्त सडक निर्माणको काम त्रिवगतिमा हुन सकेन । यस सडकले जिवनभर ठेकेदारलाई कमाईखाने भाँडो भयो ।’ स्थानीयकाे गुनासाे छ ऽ

यस पटक पनि यस काम नहुनेमा पुग्यो अब आफूहरु ठेकेदार विरुद्ध आन्दोलनमा उत्रीने उनीहरुले बताए । ‘सडकको नाममा ठेकेदारले कमाउने धन्दा मात्रै गरीरहेको छ । यस पटक पनि समय सिमा सकिन लाग्दा समेत काम नहुने देखिएकाले अब सर्घष समिति बनाएर यस सडकको काम हामी आफै बनाउने तिर जान्छौ । आज दुई वर्ष बित्न लाग्यो यस सडकको काम के–कस्ता भयो भनेर सम्बन्धी निकायले अनुगन समेत गर्न आको छैन् ।’ उनीहरुले बताए ।

सडक डिभिजन कार्यालय भक्तपुरको लापर्वाहीले गर्दा ठेकेदारको आफू खुशी चलिरेहको आशंका गर्दै स्थानीयले समय सिमा सकिन्न लाग्दा पुन म्याद थपका लागि ठेकेदार लागिपरेको भन्ने सुनिएको तर हामी यो २०८१ साउन १५ गते सम्म सडक बनाउन सकेन भने यो ठेकेदारलाई काम गर्न नदिने चेतावनी दिएका छन् ।

यस विषमा नमोबुद्ध नगरपालिका वडा नं. ४ का वडा अध्यक्षसँग कुराकानी गर्दा अहिले सम्म करीब १० प्रतिशत मात्रै काम भएको उनले बताए । आफूहरुले पटक पटक सडकका विषममा ठेकेदारलाई खबरदारी गर्दा पनि उसले खासै चासो नदेखाएको उनले बताए । यो सडक सम्झौता अनुसार २०८१ साउन १५ गते सम्म सक्नुपर्ने हो तर यही तरिकाले हो भने वरीपरि वालको पनि काम पनि सकीने देखिदैन उनले बताए ।

आफ्नाे तहबाट सक्दो चाडो सडकको काम गर्न दवाव दिएपनि खासै ठेकेदारले चासो नदेखाएको उनले बताए । जिल्लाबाट कसैले पनि चासो नदेखाएकाले भकुण्डे तेमाल सडकमा जहिले पनि कागजमा मात्रै निर्मांण सम्पन्न हुने गरेको छ । यसरी ठेकेदारको मनलाग्दी पारले काम गर्ने हो भने भकुण्डे तेमाल सडक अर्झै दशवर्ष नबन्ने पक्कापक्की देखिन्छ ।

यस सडकका लागि सम्बन्धी निकायले समयमा नै अनुगमन गरी ठेकेदारको लापर्वाहीले गर्दा किन सम्झौता मितिमा काम सम्पन्न भएन यसका विषमा अनुगमन गरी काम छिटो भन्दा छिटो गराउन र गर्न स्थानियहरुले माग गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।