चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको छ । गाउँपालिकाको आ.व. २०८०÷८१ का काम कारबाही, सेवा प्रवाह, विकास निर्माणका सम्बन्धमा सार्वजनिक सुनुवाई गर्ने भएको हो ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महानदास लामाका अनुसार गाउँपालिकाको कामकारबाही, सेवा प्रवाह, विकास निर्माण सम्बन्धी जनताको सुझाव, गुनासो, तथा अन्य समसामयिक विषयवस्तुका बारेमा सो कार्यक्रम हुने भएको छ ।

कार्यक्रम आगामी चैत्र १५ गते विहिबारका दिन गाउँपालिकाको सभाहलमा विहान ११ बजे हुने प्रमुख प्रशासकीय अधिकृत लामाले जानकारी दिए । कार्यक्रममा गाउँपालिकाभित्रका राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सामुदायिक संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, नागरिक समाज, सम्पूर्ण पालिकाबासी, अन्य सरोकारवाला निकाय तथा व्यक्तिहरुलाई सक्रिय सहभागीको लागि समेत गाउँपालिकाले अपिल गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।