बेथानचाेक- आफ्नाे १३ औं स्थापना दिवसको अवसर पारेर लोकेश्वर मिडिया सर्भिस प्रा. लि ले काभ्रेको वेथान्चोक गाउ पालिका वडा नं १ स्थित दुई विद्यालयका र वडा नं. ३ स्थित १ विद्यालयका विद्यार्थीहरुलाई पाेशाक वितरण गरेको छ । मंगलबार सो प्रालिले श्री त्रिवेणी प्राथमिक विद्यालय फुर्केथली र श्री चन्देवी प्राथमिक विद्यालय, थलागाउँ एवं वेथान्चोक ३ वेल्दे स्थित श्री गोरखनाथ प्राथमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि विद्यालय पोषाक ट्रयाक सुट वितरण गरिएको हो ।

ट्र्याक सुट वितरण कार्यक्रमका प्रमुख अतिथी एवं गाउपालिका प्रवक्ता मधुसुदन तिमल्सिनाले उक्त विद्यालय पोषाक विद्यालयवाट घर फर्किए पछि अभिभावकले जतन गर्ने तर्फ पनि सचेत हुन तथा विद्यालय पोषाक वितरण गर्ने लोकेश्वर मिडिया प्रा लि एवं प्रवन्ध निर्देशक श्याम लामा (ङेसुर) प्रति आफु आभारी भएको बताए । साे अवसरमा अभिभावकहरुलाई आफ्ना वालवालिकाहरु नियमित विद्यालय पठाउन आग्रह समेत गरेका थिए  । विद्यालय पोषाकको सौजन्य समाजसेवी चाँदनी लामा र सुजाता लामाले गरेका थिए ।

विव्यस अध्यक्ष ओम प्रसाद गहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वेथान्चोक गा. गा पा वडानं १ च्याम्राङ्गवेसीका सचिव पिताम्बर शर्मा रिजाल, निवर्तमान विब्यस अध्यक्ष होमनारायण तिमल्सिना र पूर्ण वहादुर गोलेले लगायतको सहभागी थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।