तेमाल– काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ८ भाेर्जाङ निवासी ६ वर्षिय सेन्सा लामाको उपचारको लागि आर्थिक सहयोग गर्न अनुरोध गरेको छ । सेन्साको बुबा पुर्णजित लामा र आमा कविता लामाले आफ्नो आर्थिक अवस्था सारै नाजुक भएकोले आफ्नो छोरीको उपचारको लागि आर्थिक सहयोग गर्न अनुरोध गरेका हुन् ।
सेन्शा लामाको कलेजो खराव भई हाल पाटन हस्पिटलमा उपचार गरिरहेको बुबा पूर्णजीतले जानकारी दिएको छ । कलेजो ट्रान्सप्लान्ट गर्नुपर्ने अस्पतालले जनाएका छ । ट्रान्सप्लान्टको लागी सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र भक्तपुरमा उपचार गर्नुपर्ने भएको छ । ट्रान्सप्लान्टको लागि करिब ३५ देखि ४० लाख रुपैयाँको आवश्यकता रहेकोले सेन्साको बुबाले आफ्नो छोरीको जीवन बचाइदिन सबैलाई अनुरोध समेत गरेका छन् ।
आर्थिक सहयोगको लागि बिरामीको आमाको बैंक खाता लक्ष्मी सनराइज बैंक खाता नं. १०३४५०११०६७ रहेको छ । थप जानकारीका लागि बिरामीको बुबा पुर्णजित लामा:- 9810341325 आमा कविता लामा:- 9818432638
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















