बनेपा– काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. १३ भैंसेपाटीमा डेरा गरी बस्ने ८३ वर्षिय लक्ष्मी तामाङको हत्या गरी फरार रहेको एकजनालाई प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय, बनेपाले आज एक पत्रकार सम्मेलन आयोजना गर्दै हत्या गरि फरार रहेको अभिषेक आचार्जुलाई सार्वजनिक गरेको हो ।
अभियुक्त अभिषेकलाई हत्या गरेको २६ दिनपछि प्रहरीले गरेको छ । लक्ष्मी र अभिषेक एउटै घरमा भाडामा बस्दै आएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए ।
२०८० फागुन १७ गते बिहान हत्या गरी भागेका युवा चैत्र १३ गते पक्राउ परेका थिए । उनीहरु दुवैजना धुलिखेल नगरपालिका वडा नम्वर ९ घर भई बनेपा नगरपालिका १३ भैसेपाटी स्थित वसन्त श्रेष्ठको घरमा डेरा लिएर बस्दै आएका थिए ।
डिएसपी सुवेदीका अनुसार महिला सुतिरहेको अवस्थामा युवकले महिलाको छातीमा घुँडा राखेर मुख थुनिदिएको र कानमा लगाएका दुई वटा रिङ फुकालेर फरार भएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।
लुटिएको रिङलाई अभिषेकले बनेपामा रहेको विवेकरत्न सुनचाँदी पसलमा धितो राखेर ३६ हजार रुपैयाँ लिएको खुलासा भएको छ ।
प्रहरीले पक्राउ परेका अभिषेकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान शुरु गरेको बताएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















