रोशी– काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १२, बसेरीमा घरगोठहरुमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । बसेरी निवासी धर्मराज मोक्तान, निजका छोराहरू विवेक मोक्तान र श्रीबहादुर मोक्तानको तिनवटा घरगोठमा आगलागी भएको थियो ।

शनिवार (आज) दिउँसो करिव १२ः३० बजे तिर घरगोठहरुमा एक्कासी आगलागी भएको स्थानीय सुनिल मोक्तालने जानकारी दिए । उनका अुनसार आगलागीबाट घर र गोठ पूरै नष्ट भएको छ । आगलागीबाट ४ वटा भैंसी, ३० वटा लोकल कुखुरा, ४० मुरि मकै, २० मुरी धान, १५ बण्डील जस्तापाता, ५ बोरा चामल नष्ट भएको छ । त्यसैगरि खानेपानी पाईप एक क्वाइल, कपडा सिलाउने मेसिन, तामा, पित्तल, स्टिल, सिल्भर लगायतको साना ठुला खाना पकाउने भाँडाकुडा, सबै लत्ताकपडा र गेडागुडी लगायत सवै डढेर नष्ट भएको छ ।

आगो निभाउने क्रममा नवराज मोक्तान, दुधराज पुलामी र वीर बहादुर मोक्तान सामान्य घाइते भएको स्थानीयले जनाएको छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला