बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका वडा नम्बर २ बेलामा बस र सुमो ठोक्किदा ७ जना घाईते भएका छन् ।

विहिबार भकुण्डेबाट धुलिखेल आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको ना १ ज ४३७७ नम्बरको सुमो एकआपसमा ठोेक्किएर दुर्घटना भएको हो ।

सुमोमा सवार १० जना मध्ये चालक सहित ६ जना घाईते भएका छन् । घाईतेलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

घाईत हुनेमा महोत्तरीको बर्दिबास ५२ वर्षीय रासुदेवी महरा, ४८ बर्षीय सुमिन्द्र देवी, महोत्तरी ३९ वर्षीय दुर्गा वराईली, सर्लाही लालबन्दीका ३५ वर्षीय सबिना थपलिया, सर्लाही लालबन्दीका ८ वर्षीय सन्हया थपलीया, महोत्तरीका ३४ वर्षीय सुमन बि।क र चालक धनुषाको यज्ञ भुमि नगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय विषेश्वर बुर्गामगर छन् ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला