धुलिखेल- काभ्रे जिल्लाकाे धुलिखेल नगरपालिका वडा. नं ८ स्थायी घर भएका ४२ वर्षिय राजकुमार न्याैपाने मृत अवस्थामा फेला परेकाे छ । धुलिखेल-७ अड्डा बजारमा मासु र दुध तथा दुधजन्य पदार्थको पसल संचालन गर्दै आएका न्यौपाने युवा व्यवसायी धलिखेल नगरपालिकाको वडा नं ७ को जंगलमा मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार न्याैपाने धुलिखेल स्थित बाँसघारीमा रहेकाे आफ्नै निवासबाट भक्तपुर जान्छु भन्दै २०८१ बैशाख २ गते घरबाट निस्किएर गएको थियाे ।  हराएकाे ५ दिनपछि शुक्रबार विहान धुलिखेलको वीपी राजमार्ग बेईजिङप्लान्ट माथीको जंगलको खोल्सीमा मृत अवस्थामा न्यौपाने फेला परेका थिए । उनको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले मृतक न्यौपानेको साथबाट १ सय ६५ रुपैंया र मोबाईल फेला पारेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।