तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा सञ्चालन भएको आँखा र दाँतको निःशुल्क स्वास्थ्य शिविर र जेष्ठ नागरिक अपाङगता वर्गिकरण तथा कार्ड वितरण कार्यक्रमको पहिलो दिनमै २ सय २४ जना लाभान्वित भएका छन् । सोमबार (बैशाख १० गते) वडा नं. १ बाट शुरु भएको शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले गरेका थिए ।
शिविर तेमाल गाउँपालिकाको आयोजनामा नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताल र शिर मेमोरियल अस्पताल बनेपाको प्राविधिक सहयोगमा सञ्चालन भएको सो कार्यक्रम सबै वडामा सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख शिवहरी पाठकले तेमाल अनलाइनलाई बताए ।
गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख उद्धब पाण्डेका अनुसार सोमबार शुरु भएको शिविरमा जेष्ठ नागरिक कार्ड वितरण २० जनालाई, क वर्गको अपांग कार्ड वितरण १ जनालाई, ख वर्गका अपांग कार्ड वितरण १ जनालई, ग वर्गको अपांग कार्ड वितरण २ जनालाई गरेको छ ।
यसै गरि शिविरमा १२४ जनाको आँखा जाँच गर्दा १४ जनाको मोतिविन्दु भएको र १ जनाको मासु पलाएको भेटिएको छ । ६६ जनाको दाँत परिक्षण गरिएकोमा १९ जनाको दाँत निकालिएको प्रमुख पाण्डेले जानकारी दिए ।
आज वडा नं. २ को वडा कार्यालय च्युखामा सञ्चालन हुँदै छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















