तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा सञ्चालन भएको आँखा र दाँतको निःशुल्क स्वास्थ्य शिविर र जेष्ठ नागरिक अपाङगता वर्गिकरण तथा कार्ड वितरण कार्यक्रममा घुर्इंचो देखिएको छ । वडा नं. ६ सम्म आइपुग्दा शिविरबाट १५ जना भन्दा बढी स्थानीय लाभान्वित भएका छन् । गत बैशाख १० गते वडा नं. १ बाट शुरु भएको शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले गरेका थिए ।

शिविर तेमाल गाउँपालिकाको आयोजनामा नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताल र शिर मेमोरियल अस्पताल बनेपाको प्राविधिक सहयोगमा सञ्चालन भएको हो ।

सोही क्रममा वडा नं. २ मा ४७ जनाको दाँतको परिक्षण, १ सय ५ जनाको आँखा परिक्षण गरिएको छ । पञ्जिकरण शाखा प्रमुख पाण्डेका अनुसार १३ जनामा मोतिविन्धु देखिएको छ । पाण्डेका अनुसार १५ जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक कार्ङ वितरण गरिएको र २ जनाको अपांगता वर्गिकरण गरिएको छ ।

त्यसैगरि वडा नं. ३ मा ७६ जनाको आँखा परिक्षण गर्दा १० जनामा मोतिविन्दु भेटिएको छ । ५८ जनाले दाँत जाँच गरेकोमा १६ जनाको दाँत निकालिएको छ भने जेष्ठ नागरिक कार्ड १३ जनालाई र अपांगता कार्ड १ जनालाई वितरण गरिएको छ ।

आज वडा नंं. ६ मा आइपुग्दा वडा नं. ६ मा २ सय ३४ को दाँत परिक्षण र १ सय ५२ जनाको आँखा परिक्षण गरिएको छ । जेष्ठ नागरिक कार्ड २० जनालाई, अपांगता वर्गिकरण २ जनाको गरिएको उनले जानकारी दिए । हालसम्ममा यस वडामा सबैभन्दा बढी लाभान्वित भएको छ । भोलि वडा नं. ७ मा शिविर सञ्चालन हुने भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।