तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले घर, टहार लगायतका भौतिक संरचना हटाउने सम्बन्धी १५ दिने सूचना जारी गरिएको छ । भकुण्डेवेशी मेच्छे मुक्पाटार तित्रेटार माम्ती सडक वरिपरिका घर टहार लगायतका भौतिक संरचना हटाउन यस अघि पालिकाले ३५ दिने सूचना जारी गरिएको थियो ।
गाउँपालिकाको सूचनालाई अटेर गरेपछि गाउँपालिकाले १५ दिन भित्रमा खाली गर्न दोस्रो पटक सूचना जारी गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले जारी गरिएको सूचना अनुसार समयभित्र त्यस्तो संरचना नहटाइएमा नेपाल सरकारले निर्धारण गरिएको मापदण्ड अनुसार हटाउन र भत्काउन सकिने चेतावनी दिएको छ ।
गाउँपालिकाले जारी गरिएको सूचनामा भनिएको छ, ‘संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजनको ठेक्का नं. म्च्इद्यप्त्रघघठण्ज्ञज्ञठटरण्ठडरठढ(द्दट बाट विस्तार तथा स्तरोन्नती भईरहेको भकुण्डेवेशी मेच्छे मुक्पाटार तित्रेटार माम्ती सडक ९च्यबम गउनचबमष्लन धयचपक बत द्यजबपगलमभ(ःभअजजभ(ःगपउबतबच(त्ष्तचभभतबच ःबmमष् च्यबम एचयवभअत, प्बखचभ ९अज।ण्ंण्ण्ण् तय ठंण्ण्ण् ७ ज्ञघंठद्दण् तय ज्ञढंछण्ण्० सिमाभित्रका घर, टहार लगायतका भौतिक संरचनाहरु यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र हटाई सडक खाली गरिदिनका लागि गाउँकार्यपालिकाको मिति २०८१।०१।१४ को निर्णयानुसार सम्बन्धीत व्यक्ति, संस्था र निकायका नाममा यो सार्वजनिक सूचना जारी गरिएको छ । उक्त समयभित्र त्यस्तो संरचना नहटाइएमा नेपाल सरकारले निर्धारण गरिएको मापदण्ड अनुसार हटाउन र भत्काउन सकिने वेहोरा समेत सम्बन्धीत सवैमा जानकारी गराईन्छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























