तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले किसानहरुलाई मिनि टेलर (ट्याक्टर) वितरण गरिने भएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख कुल्दीप पहाडीका अनुसार आगामी बैशाख १७ गतेका दिन ट्याक्टर वितरण गर्न लागेको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को योजना अन्तर्गत किसानहरुलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गर्न लागेको शाखा प्रमुख पहाडीले तेमाल अनलाईनलाई जानकारी दिए । बजार मुल्य ४२ हजार ८ सय रुपैयाँ लाग्ने सो ट्याक्टर किसानसँग २१ हजार ४ सय रुपैयाँ लिएर गाउँपालिकाले वितरण गरिने छ ।

कृषिमा यान्त्रीकरण गर्ने गाउँपालिकाको योजना अनुसार किसानलाई ट्याक्टर वितरण गर्न लागेको गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले बताए । किसानहरुको माग र आवश्यकतालाई दृष्टिगत गरेर ७० जनालाई ट्याक्टर वितरण गर्न लागेको अध्यक्ष तामाङले जानकारी दिए । यस अघिको आर्थिक वर्षमा पनि किसानहरुलाई ट्याक्टर वितरण गरिएको थियो ।

गाउँपालिका अध्यक्ष तामाङ र उपाध्यक्ष दलमान थोकरले संयुक्त रुपमा वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।