खानीखोला– काभ्रे जिल्लाको खानी गाउँपालिका वडा नं. ७ मिल्चेमा निःशुल्क आँखा शिविर सञ्चालन र विद्युतिय मिटर वक्स वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)को प्रमुख आतिथ्यतामा सो कार्यक्रमहरु सम्पन्न भएको हो ।
२ सय जनाको आँखा परिक्षण
आँखाको निःशुल्क शिविर तिलगंगा आँखा अस्पताल काठमाडौको सहाकार्य र खानिखोला वडा नं. ७ र मिल्चे स्वास्थ्य चौकीको समन्वयमा १ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा २०० जना भन्दा बढीको आँखा परिक्षण गरिएको छ । शिविरमा आँखा रोगीलाई निःशुल्क रुपमा औषधि बितरण गरीएका वडा कार्यालयले जनाएको छ । सो शिविरमा तिलगंगा अस्पतालका अनिशा जोसि, अनिल पण्डित र हिकमत हिमालले सेवा प्रदान गरेका थिए ।
२ सय ३ जनालाई मिटिर वितरण
शुक्रबार नै एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष थिङले खानीखोला ७ का जनतालाई विद्युतिय मिटर बक्स वितरण गरेका छन् । वडा नः ७ मा जम्मा ५०९ घर धुरी भएकोमा हाल वडा कार्यलयमा निवेदनको आधारमा केन्द्रिय लाईनको मिटर बक्स २ सय ३ जनालाई वितरण गरेको हो ।
खानिखोला गाउँपालिकाको ७ वटा वडा माध्ये केही वडामा मिटर बक्स वितरण गरी बती बलिसकेको र केही वडा मिटर बक्स जोड्न बाँकी रहेको गाउँपालिका अध्यक्ष थिङ बताए । बाँकी सबै वडामा केन्द्रिय लाईनको काम तीब्र गतिमा भइरहेको अध्यक्ष थिङले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















