नमाेबुद्ध– काभ्रे जिल्लाकाे धुलिखेल नगरपालिका वडा नं. १२ ठूलीचाैरबाट गाई हत्या गरेकाे आराेपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सोमबार साँझ ७:३० बजेको समयमा ठुलीचौर जंगलमा गाई हत्या गरि बोरामा मासु लिई नमोबुद्ध न.पा. ११ तर्फ लिई जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मासु बोरामा पोको पारी लिई हिडिरहेको अवस्थामा फेला परेकाे र घटना स्थलमा प्रहरी पुग्दा गाईको छाला खुट्टाहरु समेत फेला परेको छ ।
पक्राउ पर्नेहरुमा मोबुद्ध न.पा. ११ बिमिरे बस्ने बर्ष ५६ को ईन्द्र ब. तामाङ, चिन्डे बस्ने बर्ष ३५ की शान्ता लामा र डाँडा कटेरी बस्ने बर्ष ३६ की ठुली माया तामाङ रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















