काठमाडौँ– बलात्कार आरोपमा फरार आरोपीलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१६ घर भएका ३१ वर्षीय सन्तोष राई छन् ।
वैशाख १ मा उनले ललितपुरको गोदावरीमा १२ वर्षीय बालिकालाई टहरोमा लगेर बलात्कार गरेको आरोप छ ।
बलात्कारपछि फरार भएका उनलाई उदयपुर प्रहरीसँग समन्वय गरेर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















