राेशी– काभ्रे जिल्लाको रोशी गाउँपालिका-४ महादेवटारमा सामुदायिक वनमा लागेको आगाे बस्तीमा पुगेपछि १ विद्यालय सहित स्थानीयको १५ घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार आगलागीबाट रंगिन नेपाल प्राथमिक विद्यालय समेत पूर्ण रुपमा जलेर ध्वस्त भएको छ ।
आगो स्थानीय, प्रहरी, नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाइबाले जानकारी दिए। आगो दिउँसो लागेको कारण मानवीय, चौपया क्षति नभए पनि आगलागीबाट भएको भौतिक क्षति के कति भयो भन्ने विवरण प्राप्त नभएको उपाध्यक्ष वाइबाले बताए।
सामुदायिक वनबाट फैलिएको आगलागीले बस्तीमा क्षति पुगेको उक्त स्थानमा सबैमा सहयोगका लागि स्थानीयहरूले अनुरोध गरिएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















