तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५ मा पशु स्वास्थ्य शिविर र आकस्मिक बाली संरक्षण कार्यक्रम संचालन हुने भएको छ । तेमाल गाउँपालिका वडा नं ५ को आ.ब. २०८०।०८१ को स्विकृत कार्यक्रम अनुसार शिविर तथा वाली संरक्षण कार्यक्रम हुन लागेको हो ।
वडा नं. ५ का वडा अध्यक्ष हजारसिं लामाले एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी जनाउन वडावासीलाई अपिल गरेका छन् ।
शिविरमा निःशुल्क पशु बन्ध्याकरण, निःशुल्क परजिवि नियन्त्रण तथा उपचार लगायतका सेवा प्राप्त हुने वडा अध्यक्ष लामाले बताए । त्यसैगरी आकस्मिक बालि संरक्षण कार्यक्रममा सुरक्षित विषाधी प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम, निःशुल्क मकैमा लाग्ने अमेरिकन फौजि किरा र अन्य बालिमा लाग्ने किरा नियन्त्रणका लागि आवश्यक विषाधी वितरण लगायतका सेवा दिने उनले जानकारी दिए ।
कार्यक्रम वैशाख २० गते गते विहिबार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म नारायणस्थान आधारभूत विद्यालय सानोगिम्दीमा हुनेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















