तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले सञ्चालन गरेको दाँत र आँखाको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बैशाख १० गतेदेखि १८ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
९ दिनसम्म सञ्चालन भएको सो अभियानबाट १ हजार २ सय ४२ जनाले आँखाको निःशुल्क परिक्षण गराएका छन् भने ८ सय ९७ जनाले दाँतको परिक्षण गराएका छन् ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकका अनुसार १२ सय ४२ जनाको आँखा परिक्षण गर्दा १ सय ३७ जनामा मोतियाविन्दु भेटिएको छ । १ सय १२ जना मोतियाविन्दु लागेकाहरुको शल्यक्रिया गाउँपालिकामै गरिने छ भने २५ जना अस्पतालमा रिफर गरिएको प्रमुख पाठकले बताए ।
यसैबीच ८ सय ९७ जनाको दाँत परिक्षण गर्दा २ सय ३२ जनाको दाँत निकालिएको र १ सय ४५ जनालाई अस्पताल रिफर गरिएको पाठकले बताए ।
शिविरको बैशाख १० गते वडा नं. १ मा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले एक कार्यक्रमको बीच उद्घाटन गरेका थिए । यो शिविरबाट अस्पतालसम्म जान नसक्ने स्थानीयको लागि ठूलै राहत भएको बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















