धुलिखेल–  काभ्रे जिल्लामा आगलागीका घटना बढेसँगै आगजनीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार गत चैत २८ गतेदेखी हालसम्म ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरु मध्य  २ जनालाई सम्झाई बुझाई गरेर छाडेको र ३ जनाविरुद्ध जिल्ला वन कार्यालय काभ्रेबाट मुद्दा दर्ता भएको छ । प्रहरीका अनुसार मुद्दा चलाइएकाहरुमा मन्डन देउपुर ११ का ३१ वर्षीय मैते तामाङ, पाँचखाल नगरपालिका ५ का २५ वर्षीय विकास भुजेल र सविन सुनार रहेका छन् । मैते तामाङले मन्डन देउपुर ११ मा रहेको तर्किनीटार सामुदायिक जंगलमा २०८० चैत २८ गते आगजनी गरेका थिए ।

यस्तै विकास भुजेल र सविन सुनारले पाँचखाल ५ को रातमाटे सामूदायिक वनमा आगजनी गरेको अभियोग छ । वैशाख ४ गते पक्राउ परेकी नमोवुद्ध १ कि ८० वर्षकी आइतीमाया तामाङ र वैशाख २० गते पक्राउ परेका चौरीदेउराली ६ बस्ने ४९ वर्षका लालकुमार सेन ठकुरीलाई सम्झाइ बुझाइ छाडेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।