बनेपा– वागमती प्रदेशले नेपाल(नेवारी) भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रपमा शुभारम्भ गरिने दिनमा काभ्रेको बनेपामा  दीप प्रज्वलन गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बीच शुभारम्भ गरिने बैशाख २४ गतेका दिन नेपाल आदिवासी जनजाति महासंघ काभ्रे समन्यय समितिको आयोजनामा प्रज्वलन गर्न लागेकाे हाे ।

महासंघकाे विहिवारब बसेकाे बैठकले साे निर्णय गरेको थियाे । समितिको ८ वटा घटक समिती नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, नेवा दबु, माझी उत्थान संघ, दनुवार संघ, गुरुङ, भुजेल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काभ्रे,द अरनिको टाइमका प्रतिनिधिलगायत विभिन्न राजनीतिक दलका जातिय संघहरुको बैठकले बेलुकी ४ बजे चारदोबाटोमा दीप प्रज्वलन गर्ने महासंघले जनाएकाे छ ।

बैशाख २४ गते बेलुका ४ बजे काभ्रेको बनेपा चारदेबाटोमा आ–आफ्नो भेषभुषा र व्यानर सहित उपस्थित भइदिनुहुन आयोजकले अनुरोध गरेका छन् । यसैगरी प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल) तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुसियालीमा सो दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।