खानीखाेला- काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासोलाई तत्काल सम्बोधन गर्न ‘श्रमदान कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।

उक्त सेन्टरबाट असल श्रम सम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सरोकारवालाका समस्या, जिज्ञासा, गुनासा र सुझावलाई प्रत्यक्ष सङ्कलन र सम्बोधन गरिनेछ ।

सो सेन्टरको सञ्चालनबाट गाउँपालिकाका निकायको कार्यक्षेत्रसँग सम्बन्धित आधिकारिक सूचनाको तत्काल प्रवाह हुने तथा सेवाग्राहीका समस्याको शीघ्र सम्बोधन हुने विश्वास गरिएको छ ।

सेन्टरमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषका काम कारवाहीबारे जिज्ञासा राख्ने, सरोकारवालालाई जानकारी दिने र गुनासाको सुनुवाइ गरी तत्काल समस्या समाधानको पहल गरिने खानीखोला गाउँपालिकका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)ले जानकारी दिए ।

दैनिक रुपमा प्राप्त हुने गुनासालाई सुनुवाई गरी तत्काल सम्बोधन गर्न वा जानकारी लिन वा गुनासो सेन्टरबाट सम्बद्ध निकायमा सम्पर्क÷समन्वय गर्ने र सम्बन्धित निकायले तत्काल सम्बोधन गरे÷नगरेको विषयमा गाउँपालिकाबाट नियमित अनुगमन एवं ताकेता गर्न सकिने व्यवस्था समेत मिलाइएको छ ।

सेवाग्राहीले सेन्टरको ११४१ वा ९८५१३४७२२२ मा निःशुल्क गुनासो गर्न सक्नेछन् अथवा सेन्टरको क्युआर कोड स्क्यान मार्फत निःशुल्क गुनासो गर्न सकिने व्यवस्था गरिएको छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला