टोकियो– नेपाल तामाङ समाज (NPO法人 )जापान केन्द्रीय समितिकाे टोकियोमा मे ५ आईतबार सम्पन्न भएकाे नवौं महाधिवेशनबाट कार्साङ तामाङ पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन् ।नेपाल तामाङ समाज जापानको (२०२४-०२६) कार्यकालको लागि पुन: कर्साङ तामाङको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएकाे हाे ।
महाधिवेशनबाट कार्य समितिको वरिष्ठ उपाध्यक्षमा गिर बहादुर तामाङ, उपाध्यक्षहरुमा तेज बहादुर थिङ, ललिता तामाङ, स्मृति मोक्तान, अष्ट माया लामा, नानी माया तामाङ निर्वाचित भएका छन । त्यसै गरि महासचिवमा जनक थोकर, सचिवहरुमा सुस्मा लामा, प्रकाश तामाङ, रोनिश तामाङ, मनिता मोक्तान र कोषाध्यक्षमा चन्द्र दोङ (राजु), सह कोषाध्यक्षमा लक्ष्मि तामाङ चयन भएका छन । समाजको सदस्यहरुमा क्रमश निरु तामाङ, सुरेश तामाङ, प्रज्वल दोङ, सागर तामाङ, दावा मोक्तान, थमन तामाङ, अनिल तामाङ, सुमित्रा तामाङ, सत्य तामाङलाइ चयन भएका छन् ।
प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म, परम्परा, संस्कार, संस्कृतिभेषभुषा र पहिचानलाई संरक्षण, संवर्धन र जगेर्ना गर्ने उद्देश्यले २००९ मा स्थापना भएको नेपाली तामाङ समुदायको साझा संस्था नेपाल तामाङ समाजले बिशेषत समाजकै ऐतिहासिक कुराहरु समेटेर पहिलो पटक फ्याफुल्ला निप्पोन नामक स्मारिका प्रकाशन समेत गरेको छ ।
अध्यक्ष कर्साङ तामाङको सभापतित्व सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुकुमान तामाङ र बिशेष अतिथिमा हिकारी कर्पोरेशनका संचालन ङिमा लामा रहेका थिए भने कार्यक्रमको संचालन उपाध्यक्ष बलाराम तामाङले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।