काभ्रे । काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद गंगाबादुर तामाङ (बमध्वज)ले रोशी क्षेत्रको समग्र विकासको लागि सबैजना लाग्न अनुरोध गरेका छन् ।

रोशी गाउँपालिकालाई खुल्ला दिसा मुक्ता क्षेत्र घोषणा तथा १९ औं राष्ट्रिय सरसफाई सप्ताह–२०७५ समापन कार्यक्रमलाई सम्बोधन गर्दै सोमबार सांसद बमध्वजले उक्त कुरा बताएका हुन् ।

 

‘विकासको सवालमा कोही कसैले राजनीति नगरांै । रोशीको विकासको लागि आ–आफ्नो ठाउँवाट योगदान गरौं ।’ सांसद बमध्वजले भने, ‘नागरिक कर्मचारी र जनप्रतिनिधिहरुले आ–आफनो कर्तब्य पुरा गरौं, अनि हामीले चाहेको समृद्ध रोशी र सुखी रोशीका जनता बनाउन सक्छौं ।’

नेपाल सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना पुरा गर्न सबै नागरिक सबै हिसावले स्वस्थ्य हुनुपर्ने बताउँदै सांसद बमध्वजले जसको लागि सरसफाइ पहिलो खुड्किलो रहेकोले बताए । साथै उनले सरसफाई अभियानलाई नरन्तर चलाई पूर्ण सरसफाइ रोशी वनाउन पालिकाले थालनी गर्नु पर्नेमा जोड दिए ।

सबै नागरिकको चर्पीमा पहुँच

रोशी गाउँपालिकामा रहेको सबै वडाहरुका ५ हजार ९ सय २४ घरधुरीका नागरिकको चर्पीमा पहुँच पुगे पछि रोशी गाउँपालिकालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरेको थियो । यससँगै काभ्रे जिल्लामा रहेको १३ स्थानीय तह मध्ये रोशी गाउँपालिका पाँचौ खुल्ला दिसा मुक्त क्षेत्रको रुपमा दर्ज भएको छ ।

कार्यक्रममा १२ वटा वडाहरुलाई गाउँपालिकाले खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरि प्रमाण पत्र प्रदान गरिएको थियो भने पालिका घोषणा भएको प्रमाणपत्र जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका सचिव रामचन्द्र काफ्लेले हस्तान्तरण गरेका थिए ।

यी संस्थाहरुले खेले भूमिका

घोषणा कार्यक्रममा अभियानमा सहायोग गर्ने कार्यालय, संघ–संस्था, विद्यालय, महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई प्रशंसापत्र प्रदानगरिएको थियो ।

अभियान सफल पार्न साविक मंगलटार, वाल्टीङ, खार्पाचोक, सिपाली शिसाखानी र कटुञ्जेवेशीमा राम्रो नेपाल युवा क्लवले शौचालय निर्माणमा सहयोग गरेको थियो । त्यसैगरि खरहेपाँगु र शिखरआम्बोटेमा स्याउरे पाँगु समाज र मंगलटार र शिखरआम्बोटेमा शान्ति जनआदर्श सेवा केन्द्रले सहयोग तथा सहजिकरण गरेको थियो ।

गाउँपालिका अध्यक्षको प्रतिबद्धताः

रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले रोशी क्षेत्रलाई पूर्ण सरसफाईको दिशा तिर लाने प्रतिबद्धता जाहेर गरे ।

‘सरसफाइमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा पहिलो खुड्किलो हो ।’ अध्यक्ष लामाले भने, ‘वाँकी कार्य पुरा गरि पूर्ण सरसफाइ उन्मूख रोशी गाउँपालिका वनाउन पूर्ण सरसफाइ अभियान शुरु गर्ने घोषणा गर्दछु ।’

कार्यक्रम रोशी गाउँपालिकाका अध्यक्ष डीबी लामाको अध्यक्षतामामा भएको थियो भने प्रमुख अतिथमा प्रतिनिधि सभाको सांसद गंगा बहादुर दोङ (बमध्वज) अतिथिहरुमा प्रदेशसभाका सांसद चन्द्र लामा र रत्न ढकाल, जिल्ला समन्य समिति उप–प्रमुख मञ्जु गौतम, जिल्ला समन्वय अधिकारी कोमल धमला, डिभिजन प्रमुख रामचन्द्र काफ्ले जिद्यला स्वाथ्य प्रमुख सुरेन्द्र चौरासिया, शान्ति जनआदर्श सेवा केन्द्रका शंखबुद्ध लामा राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी, गैरसस, स्वास्थ्य, शिक्षा, महिला बालबालिका कार्यालयका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, बिद्यालयका शिक्षक, बिद्यार्थी, गाउँपालिकाका जनप्रतिनिधि, सरोकारवालाहरु तथा नागरिकहरुको उपस्थिति रहेको थियो ।

 

 

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।