बनेपा– काभ्रे जिल्लाकाे बनेपा नगरपालिकाकाे नगर प्रहरी कुटपिट गर्ने १ पुरुष र ३ महिला सिहत ४ जना पक्राउ गरेकाे छ ।
इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार पक्राउ पर्नेमा नमोबद्ध न.पा.वडा नं. १ बस्ने वर्ष २६ को कृष्ण मानन्धर, वर्ष ५० की राममाया मानन्धर, बर्ष ४० की रोजिना मानन्धर र बनेपा न.पा.वडा नं.७ बस्ने बर्ष ४० की खड्गमाया श्रेष्ठ रहेका छन् ।
उनीहरुले बुधबार बनेपा न.पा.वडा नं.७ स्थित चारदोबाटो चोक नजिक अरनिको राजमार्गको सडक खण्डमा बनेपा नगर-प्रहरीलाई कुटपिट गरेका थिए ।
पक्राउ परेकाहरुलाई आज म्यादथप भई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















