तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ मा रहेको श्री कुशेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । शैक्षिक क्षेत्रमा सेवा गर्दै आएको उर्मती एशोसियशनले यस विद्यालयका ३ सय जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
संस्थाले बालशिक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई कामी, डट्पेन, सिसाकलम वितरण गरेको थियो । ९ नं. वडा अध्यक्ष चन्द्रबहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रमको विशिष्ट अतिथिमा उर्मती एशोसियसनका अध्यक्ष पासाङडोल्मो लामा रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष लामाले शैक्षिक सुधार अभियान वडा नं. ९ बाट शुरुवात गरेको बताउँदै यो अभियानमा साथ दिएकोमा संस्था र संस्थाको अध्यक्ष पासाङडोल्मो लामालाई धन्यवा दिए । चालु आर्थिक वर्षमा वडाले चाहेको शैक्षिक उपलब्धी प्राप्त गर्न बजेटको व्यवस्था गरेको बताउँदा लामाले आगामी आर्थिक वर्षमा समेत आफूले आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जाहेर गरे ।
यसैबीच संस्था अध्यक्ष पासाङडोल्मो लामाले शैक्षिक क्षेत्रमा आफ्नो संस्थाले कार्य गर्दै आएको बताउँदै सहयोग सानो नै भएपनि यसले विद्यार्थीहरुलाई जागरुक गराउने बताए । गएको वर्षमा समेत शैक्षिक सामाग्री वितरण गरेको स्मरण गर्दै लामाले यस विद्यालयमा शैक्षिक सुधारको अपेक्षा गरेर शैक्षिक सामाग्री वितरण गरेको बताए । शैक्षिक सुधार भएमा आगामी शैक्षिक सत्रमा पनि यस्तै प्रकारले आफू सहयोग गर्न तयार रहेको प्रष्ट पारे ।
विव्यस अध्यक्ष डिलबहादुर थोकर (ग्याम्जो)को अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी, शिक्षाप्रेमी, विव्यसका सदस्यहरु, पिटीएका अध्यक्ष तथा सदस्यहरु, अभिभावकहरु, शिक्षकहरु, विद्यार्थीहरुको सहभागीता थियो । कार्यक्रमको सञ्चालन प्रधानाध्यापक दमैसिं दोङले गरेका थिए भने स्वागत सहायके प्रधानाध्यापक बुद्धिलाल थोकरले गरेका थिए । यस संस्थाले गतवर्ष पनि विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















